काठमाडौँ— हमास नेता इस्माइल हानियाको हत्यापछि मध्यपूर्वमा हिंसाको सन्त्रास बढेको छ ।इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन अमेरिकाले मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने घोषणा गरेको छ ।
इरानमा गएको बुधबार हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढाएको छ ।सयूक्त राज्य अमेरीकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएउदै युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने घोषणा गरेको छ। प्रमुख नेता इस्माइल हानिया मारिए पछि यतिबेला विश्व नै तरंगित बनेको छ ।हानियाको हत्या पछि हमासले विज्ञप्ति जारी गर्दै उनको हत्या इजरायलले गरेको दाबी गरेको छ। कमाण्डरको हत्याले आक्रोशित हमासले जुनु सुकै बेला हमला गर्न सक्ने अड्कलकाबीचइजराईलको सारथि रहेको अमेरिकाले इजरायल जोगाउन सबै शक्ति मध्यपूर्व केन्द्रित गर्ने भएको हो।
यसले इरान र इजराईबीच युद्ध चर्कने निश्चत छ । इजरायलको रक्षाका लागि अमेरिकाले आफ्नो जल, थल र वायु सैन्य शक्तिलाई मध्यपूर्वमा केन्द्रित गर्न लागेको छ । इरान, यमन र लेबनान लगायत छिमेकी मुलुक तथा त्यहाँ सक्रिय लडाकु समूहहरूसँग हाल इजरायलको तनाव थप बढेको छ । गाजापट्टीमा प्यालेस्टाइनी समूह हमासलाई निमिट्यान्न पार्ने लक्ष्यसाथ गरेको आक्रमणको कारणअन्य मुलुकसम्म विस्तार भएपछि इजरायलको चौतर्फी मोर्चामा लड्नुपर्ने अवस्थामा छ ।स्थिति थप खराब बनेपछि अमेरिकी रक्षा विभाग पेन्टागनले इरान र उसका सहयोगीहरूको हमलाबाट इजरायललाई रक्षा गर्न मध्यपूर्वमा थप लडाकु जहाज र विमान तैनाथ गरिने जनाएको हो ।
“रक्षा सचिव लोयड अस्टिनले हाल ओमानको खाडीमा तैनाथ रहेको ‘युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक ग्रुप’ नामक नौसैनिक जहाजलाई ‘युएसएस अब्राहम लिंकन स्ट्राइक गु्रप’ले प्रतिस्थापन गर्न आदेश दिएकाछन् । पेन्टागनकी उप–प्रेस सचिव सबरीना सिंहले एक विज्ञप्तीमार्फत अमेरिकाले ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सक्षम विध्वंसक मिसाइल र सैन्य जहाजहरु मध्यपूर्व र भूमध्यसागरमा पठाउने उल्लेख गरेको समाचार संस्था सिएनएनले जनाएको छ । विज्ञप्तिमा कुन युद्धपोत पठाइएको छ भनेर खुलाइएको छैन । तर अप्रिलमा पूर्वी भूमध्यसागरमा इजरायल विरुद्ध इरानको आक्रमण रोक्नमा दुई अमेरिकी सैन्य जहाज प्रयोग गरिएको थियो । अस्टिनले यस क्षेत्रमा लडाकु मिसाइल पनि तैनाथ गर्न आदेश दिएको सिंहले भनेकी छन् ।
अमेरिकाले पहिले नै यस क्षेत्रमा ‘यूएसएस वास्प एम्फिबियस’ नामक सैन्य जहाज तैनाथ गरेको छ जुन आवश्यकता भएमा आदेशअनुसार लेबनानमा रहेका अमेरिकी नागरिकहरूको उद्दार गर्न सक्षम छ । इरानले हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने वाचा गरेसँगैे मध्यपूर्वी क्षेत्रमा त्रासदि बढेको हो । तर इजरायलले भने हानियाको हत्याको बारेमा कुनै टिप्पणी व्यक्त गरेको छैन । यता आफ्ना नेताको हत्यापछि इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनेईले इजरायललाई सबक सिकाउने बाचा नै गरेकाछन् । उनले इरानमा तीन दिने राष्ट्रिय शोक पनि घोषणा गररीसकेकाछन् ।
६२ वर्षीय इस्माइल हनिया हमासका लोकप्रिय शीर्ष नेता थिए । गाजामा युद्धविरामका लागि भइरहेको वार्तामा उनको महत्वपूर्ण भूमिका थियो ।इजरायलले लेबनानमा हिज्बुल्लाहका सैन्य कमाण्डरलाई मारेको दाबी गरेको केही घण्टाभित्रै इरानको राजधानी तेहरानमा हनियाको हत्या भएको थियो ।
प्रतिक्रिया