Breaking

मन्त्रिपरिषद्ले पायो पूर्णता, आज तीन राज्यमन्त्री थपियो


काठमाडौं । मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट रुपा बिक र पूर्णबहादुर तामाङ तथा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरीसहित तीन राज्यमन्त्री थपिएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रिपरिषद्लाई समावेशी र अन्य दललाई पनि समेट्नका लागि राज्यमन्त्री थपेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

मन्त्रिपरिषद्मा दलितलाई समावेश नगरिएको भन्दै आलोचना भएपछि अहिले राज्यमन्त्री थपेर समावेशी बनाउन खोजिएको छ ।

बिकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । तामाङलाई उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।