काठमाडौँ – नेपाल शेर्पा संघ ओखलढुङ्गाले आयोजना गरेको शेर्पा र नेपाली भाषा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिका वडा नं ५ मानेडाँडामा आयोजित शेर्पा तथा नेपाली भाषाको भाषण तथा उद्घोषण तालिम सम्पन्न भएको हो । तालिममा ५५ जना प्रशिक्षार्थीहरुले सहभागीता जनाएको संस्थाका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
स्थानीय शेर्पा युवाहरुको व्यक्तित्व विकास तथा सशक्तिकरणका निमित्त उक्त तालिम आयोजना गरेको शेर्पा संघ ओखलढुङगाका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो । जिल्लामा शेर्पा समुदायको बाहुल्यता भएको क्षेत्रहरुमा निरन्तर तालिम सञ्चालन गर्दै आएको संघले यो पटक सिद्धिचरण नगरपालिकामा तालिम आयोजना गरेको हो ।
एघार दिन सञ्चालित तालिमको प्रशिक्षक हिमालयन शेर्पा संस्कृतिक केन्द्रका निर्वतमान महासचिव अनुसन्धानकर्ता तथा लेखक सेर्कु शेर्पाले गर्नु भएको हो । संघले यस अघि पनि शेर्पा युवाहरुको क्षमता विकास तथा शेर्पा संस्कार, संस्कृति सम्बद्र्धन गर्ने खाले तालिमहरु नियमित रुपमा आयोजना गर्दै आइरहेको छ ।
प्रतिक्रिया