काठमाडौँ— सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा प्रमुख दलहरूबीच सहमति जुटेको छ ।
विवादित विषयमा सहमति जुटेसँगै अब शान्तिप्रक्रिया टुंगोमा पु¥याउन सकिने कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बर्तौलाका अनुसार गम्भीर मानव अधिकार उल्लंघनजस्ता पेचिलो बनिरहेको विषयमा पनि सहमति भएको छ । सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने भएको छ । कार्यदलका अर्का सदस्य एवं माओवादी उपमहासचिव जनार्दन शर्माले विज्ञहरूसमेतको सुझावको आधारमा विषयहरू टुंग्याइएको बताउनुभयो ।
प्रतिक्रिया