Breaking

कालीमाटीमा आज कुन तरकारीको भाउ कति बढ्यो, कति घट्यो ?


काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजारमा सोमबार केही तरकारीको भाउ सामान्य घटबढ भएको छ भने केही तरकारीको भाउ स्थिर छ।

गोलभेँडा, आलु, प्याज, साग, मुला लगायतका तरकारीको भाउ सोमबार स्थिर छ।

ठूलो गोलभेँडाको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो, सानो लोकल गोलभेँडा २० देखि ३० रुपैयाँ प्रतिकिलो, रातो आलु ६५ देखि ७० रूपैयाँ प्रतिकिलो, भारतीय रातो आलु ५४ देखि ५६ रूपैयाँ प्रतिकिलो, भारतीय सुकेको प्याज ८० देखि ८५ रूपैयाँ प्रतिकिलो छ।

त्यस्तै काउली, बन्दा, मकै बोडी, भटमास कोशाको भाउ बढेको छ।

काउलीको मूल्य किलोमा १० रूपैयाँको वृद्धि हुँदा सोमबारको भाउ ८० देखि ९० रूपैयाँ प्रतिकिलो पुगेको छ।

भटमास कोशाको मूल्य पनि १० रुपैयाँ बढेर किलोको १६० देखि १७० रूपैयाँ पुगेको छ।

बन्दाको भाउ आज ४० देखि ५० रूपैयाँ र मकै बोडीको भाउ ९० देखि १०० रूपैयाँ छ।

रायो सागको भाउ भने १० रूपैयाँले घटेर ७० देखि ८० रूपैयाँ प्रतिकिलो पुगेको छ। तोरीको सागको भाउ स्थिर रही ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ।