Breaking

उद्योगको लाइन जोड्न प्राधिकरणलाई निर्देशन


काठमाडौँ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई उद्योगहरुको बिजुली जोड्न निर्देशन दिएको छ । आइतबार बसेको आयोगको बैठकले प्राधिकरणलाई उद्योगहरुको विद्युत लाईन जोड्न लिखित निर्देशन दिएको हो ।

आयोगका अध्यक्ष रामप्रसाद धितालले बैठकले विद्युत लाईन जोड्न निर्देशन दिएको बताए । आयोगले जारी गरेको निर्देशिका बमोजिम गुनासो समाधान सम्पन्न नहुँदासम्म वितरण अनुमति प्राप्त व्यक्ति वा विद्युत् वितरण गर्ने सामुदायिक संस्थाले सम्बन्धित उपभोक्ताको विद्युत् आपूर्ति विच्छेद गर्न पाउने छैन ।

आयोगले २०८० साउन १० गते जारी गरेको ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’ को दफा १३ को उपदफा १० मा यो व्यवस्था छ ।

यही व्यवस्थाबमोजिम प्राधिकरणले काटिएका उद्योगको लाइन जोड्नुपर्ने निर्देशन आयोगले दिएको हो ।