Breaking

सहकारी ठगलाई कानुनी कारबाही हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जो सुकै भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताए ।


आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र शुरु गरिएका कामहरु सक्नेकुरा प्राथमिकतामा रहेको बताएकाछन् ।

यस्तै ,उनले अहिले संधै काम भइरहेको हुने तर कहिल्यै नसकिने अवस्थाको अन्त्य गरिने बताए । उनले विकासका मामिलामा देखिएको अनुशासन हिन्ताको अन्त्य गर्ने बताए ।

सरकार काम भइरहको छ भन्न नभइ थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको बताए । प्रधानमन्त्री ओलीले थालिएको काम समयमा सम्पन्न गर्न क्षमता अभिवृद्धि गर्ने बताए । उनले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङ्कन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताए ।

ताकिएको लागत समय परिणाम र गुणस्तरको काम सम्पन्न नगर्नेलाई कानून अनुसार जिम्मेवार बनाउने र जिम्मेवार नभए कारबाही गर्ने बताए । उनले परियोजनाहरुको लागत वृद्धि हुन नदिने बताए । समन्वयमा उद्योग तथा वाणिज्य मन्त्रालयले तीन महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्ने बताए ।