काठमाडौं। पहिलो पटक सांसद निर्वाचित मानवीर राई रक्षामन्त्री बनेका छन् । सोलुखुम्बुमा कांग्रेसको विरासत भत्काएर सांसद निर्वाचित भएका राई कांग्रेसले समर्थनमा मन्त्री बन्न सफल भएका हुन्। गत स्थानीय तहको निर्वाचनमा उनले बलबहादुुर केसीलाई पराजित गरेका थिए ।
निर्वाचनताका एक भनाई निकै चर्चामा आएको थियो । कांग्रेसका नेता कार्यकर्ताले ‘सिंहदरबार नदेखेकालाई चुनाव जिताएर के फाइदा ?’ भन्दै चुनावी नारा नै बनाएका थिए । तर उनै राई सिंहदरबार मात्र नभई शक्तिशाली रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका छन् ।
को हुन् मानवीर ?
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–२ मा २०२८ सालमा जन्मेका राई हाल एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हुन् । एसएलसीसम्म अध्ययन गरेका राई विद्यार्थीकालकै समयमा भूमिगत राजनीतिमा समेत सक्रिय भए । विद्यार्थी संगठनमा सक्रिय भएका उनी २०४८ सालमा एमालेको सोलुखुम्बु उपसचिव बने ।
२०७२ सालमा नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष बनेका राईलाई २०७४ सालमा एमालेले प्रतिनिधिसभाको टिकटको लागि सर्वसम्मत सिफारिस गरेको थियो ।
यद्यपि त्यसबेला बाम गठन्धनबाट माओवादीको भागमा प्रतिनिधिसभाको टिकट सुरवीर राईले पाए । प्रतिनिधिसभामा माओवादीबाट उम्मेदवार बन्दा २०७४ सालमै एमालेले उनलाई प्रदेशसभा (१) निर्वाचन क्षेत्रमा टिकट दिएको थियो । तर, उनले उक्त टिकट अस्वीकार गरेर उत्तम बस्नेतलाई विजयी गराए ।
पुनः एमालेले २०७९ सालमा प्रतिनिधिसभामा टिकट दिएको थियो । उनी आफूमात्रै विजयी भएनन् कि सोलुखुम्बुमा कांग्रेसको ३२ बर्षे विरासत फर्काउन समेत सफल भए । अहिले उनी ५२ वर्षको उमेरमा रक्षामन्त्री बन्न सफल भएका छन् ।
प्रतिक्रिया