दुर्घटना

त्रिशूलीमा गाडी खसेर बेपत्ता भएकाहरूको आफन्तलाई नि:शुल्क खाना र बास


काडमाडौँ— चितवनको सिमलताल पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका व्यक्तिहरूको आफन्तलाई निस्शुल्क खाना र बासको व्यवस्था गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले आज विज्ञप्ति जारी गर्दै बेपत्ता परिवार खोज्न चितवन पुगेका आफन्तहरूलाई निस्शुल्क खाना र बासको व्यवस्था गरिएको जानकारी दिए।

स्थानीय होटल व्यवसायीसँग समन्वय गरी खाना र बासको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ। गत शुक्रबार बिहान साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा दुई वटा बस बगाएको थियो। वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँद गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामको बस पहिरोले त्रिशुलीमा बगाएको थियो।

घटना भएको तीन दिन बित्दा समेत दुई वटै बस फेला पर्न सकेको छैन।