ललितपुर महानगरले बालकुमारीस्थित बागमती नदी छेउमा २५ वर्षदेखि बसेको सुकुम्बासी बस्ती हटाएको छ ।
आज बिहान करिब ९ घर टहरा रहेको बस्तीमा आज बिहान ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा हटाइएको हो ।
काठमाडौं महानगरले थालेको अवैध घर टहरा भत्काउने अभियानलाई अरू स्थानीय तहहरूले पनि सिको गर्दै पछिल्लो समय देशभर सरकारी अतिक्रमणमा परेको जग्गा फिर्ता लिने अभियान चलिरहेको छ ।।
प्रतिक्रिया