Breaking

६ किलो कोकिनसहित ठमेलबाट मलेसियन नागरिक पक्राउ


काठमाडौँ— काठमाडौंको ठमेलबाट ६ किलो कोकिनसहित एक मलेसियन नागरिक पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले एकैपटक यति धेरै परिणाममा कोकिन समातेको पहिलोपटक हो । लागुऔषध खैरो हिरोइनभन्दा कोकिन दुई गुणा महँगो मानिन्छ ।