काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस—एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएकाछन् ।
आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि काँग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताए ।
उनले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको बताएकाछन् । अध्यक्ष ओलीले निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि बताए ।
अध्यक्ष ओलीले काँग्रेस र एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा नभइसको भन्दै को—को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए ।
प्रतिक्रिया