Breaking

सुनसरी र मोरङमा तीन घण्टादेखि भारी वर्षा


काठमाडौँ सुनसरी र मोरङमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भारी वर्षा भएको हो ।

सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैंचा, बाउने र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

थप हुने देखिएकाले सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने खोलामा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।