Breaking

असिमित वचत संकलनले सहकारीमा समस्या आयो : गभर्नर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित वचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताए ।
सिंहदरबारमा बसेको सहकारी संस्था वचत दुरुपयोग संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उनले सो धारणा राख्नुभएको समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

गभर्नर अधिकारीले भुगोलको सीमा नराखिएको, असिमित वचत संकलन गर्न दिइएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखापरेको बताए ।

उनले सहकारीका समस्या समाधान गर्न नियामक निकाय बनाइनुपर्ने धारणा राख्नुभएको सभापति थापाले बताए । सभापति थापाले एउटै कर्जा सूचना केन्द्र हुनुपर्ने सुझाव आएको बताए ।