Breaking

सरकार घोर अल्पमतमा पर्यो, प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै छन् : सांसद गैरे


काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको बताएकाछन् ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको बताए । प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि बताएकाछन् ।

उनले सरकारले विपद् प्रतिकार्यका लागि बनाएको कुनैपनि योजनाहरु कामयावी हुन नसकेको बताए ।