Breaking

बालेन सिटीको कन्तविजोग, निकम्मा बन्दै सडक विभाग, धरापै धराप सडक कहिले बन्छ ?(भिडियोसहित)


काठमाडौँ— भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सडक विभाग र जिल्लाहरुमा बनाइएका सडक डिभिजन कार्यालयहरुको काम सडक विस्तार र स्तरोन्नती गर्ने हो । तर मध्य बर्खा लाग्दा पनि विभाग भने मस्त निद्रामा देखिन्छ । विभागकोकाम गराई पनि कछुवाको चाल छ । संघीय राजधानी काठमाडौंकै सडकको अवस्था नाजुक हुँदा बाहिरी जिल्लाको दुरावस्थाको बयान गरेर साध्य छैन । बर्सेनि सडक दुर्घटनाबाट हजारौंले अकालमा ज्यान गुमाउने गरेका छन् ।तर सरकार भने आँखामा पट्टी बाँधेर बसेको छ ।

बर्खामा हिलाम्मे सडक हिउँदमा धुलाम्मे हुनुनेपालका सडकहरुको नियति नै हो । ठाँउ ठाँउमा साना–ठूला खाल्डाखुल्डी त सामान्य हो।संघीय राजधानी काठमाडौंकै सडकमा बाइकछिर्ने भ्वाङ हुनुदुर्भाग्य मात्र मान्न सकिन्न, लापरबाहीको पराकाष्ठा नै हो ।चर्चा र स्टण्डका लागिआफ्नो क्षेत्राधिकार भित्रै नपर्ने क्षेत्रमा स्थानीय सरकार र सडक विभाग भिड्दा नागरिकको ज्यानै जोखिममा पार्ने सडककाधरापबारे भने सबै पक्ष अनविज्ञ हुने गरेका छन् । नागरिकको ज्यानै धरापमा पार्र्ने सडकको खाल्डो पुर्न भने एकले अर्काको मुख तोक्ने प्रवृत्ति छ । बर्खाको समयमा धेरै जसो सडकहरु अवरुद्ध हुने गर्छन् । बाढी, पहिरोले सडक अवरुद्ध हुने भएकाले त्यसका लागि भने पूर्णरुपमा तयारी अवस्थामा रहेको विभागले जनाएको छ ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सडक विभागर विभाग अन्र्तगत प्रत्येक जिल्लामा रहेका सडक डिभिजन कार्यालयहरुले पनि नागरिकलाई सहज यात्राका लागि काम गर्ने भन्दाक्षेत्राधिकारको विषयमा अर्को पक्षसँग भिड्ने र तलबभत्ता पचाउने बाहेकको काममा जिम्मेवार बन्न सकेको देखिँदैन । देशभरका कुन कुन सडकखण्ड अलपत्र परेका छन् त ?
नम्बर १. पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड
यो सडकविस्तारको काम सुरु भएको पाँच वर्ष बित्दासमेत आधा पनि काम भएको छैन । करिब ११३ किलोमिटर दूरीको सडकखण्ड अलपत्र छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार भइरहेको यो खण्डको सुस्त काम र भद्रगोल शैलीले स्थानीयबासीका साथै यात्रुले सास्ती व्यहोरिरहेका छन् । देशकै मुख्य पूर्वपश्चिम राजमार्गको अवस्था हेर्ने हो भने निकै दयनीय छ ।
नम्बर २.पोखरा–मुग्लिन सडक विस्तारको काम अलपत्र
पृथ्वी राजमार्गमा पर्ने पोखरा–मुग्लिन खण्डको सडक फराकिलो बनाउने काम पनि कछुवाको गतिमा छ । सरकारले एउटा काम नसक्दै अर्को खण्डमा विस्तारको काम थाल्ने र अलपत्र छाड्ने प्रवृत्तिले यो खण्डमा यात्रा गर्ने यात्रीले हैरानी भोगिरहेका छन् ।
नम्बर ३. पृथ्वी राजमार्गको नौबिसेदेखि मलेखुसम्मको सडक
२०७९ जेठमा त्रिभुवन राजपथमा पर्ने नागढुंगादेखि नौबिसे र पृथ्वी राजमार्गको नौबिसेदेखि मलेखुसम्मको सडक विस्तारका लागि ठेक्का लागेको थियो । १२.२ किलोमिटरको नागढुंगादेखि नौबिसे सडकखण्ड करिब १ अर्ब ५० करोडमा जियाङ्सु–सगुन जेभीसँग ठेक्का सम्झौता भएर काम अगाडि बढेको थियो । तर अहिलेसम्म यो खण्डमा ३५ प्रतिशत मात्र काम भएको छ । जब कि सम्झौताअनुसार यो सडक खण्ड २०८१ जेठभित्रै सकिनु पर्ने थियो।
नम्बर ४.धुलिखेल–खावा सडकखण्ड विस्तार
अरनिको राजमार्ग अन्तर्गत ४ किलोमिटरको धुलिखेल–खावा सडकखण्ड विस्तारको कथा उस्तै छ । २० जेठ २०७९ मा सडक डिभिजन कार्यालय भक्तपुरले २२ महिनामा काम सक्ने गरी गौरी–पार्वती निर्माण सेवालाई ठेक्का लगाएको यो खण्डमा १९ महिना बित्दा १५ प्रतिशत मात्रै काम सकिएको छ । यो खण्डमा पनि रूख काट्न र पोल सार्न ढिलाइ भएको कारण देखाएर ठेकेदार कम्पनीले काममा आलटाल गर्दै आएको छ ।
नम्बर ५.बालाजु–त्रिशुली सडकखण्ड
काठमाडौंको अर्को सडक नाका बालाजु–त्रिशुली खण्ड पनि १० वर्षदेखि विस्तारकै क्रममा अलपत्र छ । भारतीय एक्जिम बैंकको सहयोगमा २२ जेठ २०७१ मा ठेक्का लगाइएको यो सडकखण्डमा वर्षौंसम्म काम नभएपछि गत वर्ष मात्रै ठेक्का तोडिएको थियो । तर, सरकारले नयाँ ठेक्कासमेत लगाउन नसकेर यो सडकखण्ड पनि जर्जर हालतमा पुगेको छ ।
नम्बर ६. बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकखण्ड
सरकारले विश्व बैंकसँग ऋण लिएको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकखण्ड विस्तारको काम पनि रोकिएको छ । अमेरिका सरकारको एमसीसी परियोजना अन्तर्गत बन्ने यही राजमार्गको धानखोला–लमही खण्ड पनि अन्योलमा छ ।
नम्बर ७. चाबहिल–जोरपाटी–साँखु सडकखण्ड
११.४६ किलोमिटरको चाबहिल–जोरपाटी–साँखु सडक विस्तार आयोजना पनि सडक विस्तारको अर्को अलपत्र परियोजना हो । स्थानीय बासिन्दाले पटक–पटक थली र साँखु लगायत क्षेत्रमा सडक अवरुद्ध गरेर आन्दोलन गर्दा पनि ८ वर्षअघि ठेक्का लागेको सडक विस्तारको काम अहिलेसम्म अधुरै छ ।
नम्बर ८.कमलविनायक–नगरकोट सडकखण्ड
पर्यटकीय क्षेत्र भक्तपुरको नगरकोट जाने सडक फराकिलो बनाउन भन्दै साढे ९ वर्षअघि ठेक्का लागेको कमलविनायक–नगरकोट सडक निर्माणको काम अझै अपूरो छ । भारतीय एक्जिम बैंकबाट ऋण लिएर बनाउन थालिएको आयोजनामा अहिलेसम्म ९४ प्रतिशत मात्रै काम सकिएको छ । तर, बनेको भनिएको सडक पनि भत्किएर स्थानीयहरू हैरान छन् ।
नम्बर ९. कमला–कञ्चनपुर सडकखण्ड
८६.८३ किलोमिटरको कमला–कञ्चनपुर सडकखण्ड विस्तारको काम ११ असार २०७७ मा भएको ठेक्का सम्झौता अनुसार ११ मंसिर २०८० मा सकिनुपथ्र्यो । तर, अहिलेसम्म यो सडक विस्तार परियोजनामा ४१.४७ प्रतिशत मात्रै काम सकिएको छ ।देशभरका विस्तारित एवं निर्माणाधीन थुप्रै सडकहरु अलपत्र पर्नुलाई सडक विभागले भने आर्थिक अभाव रहेको तर्क गरेको छ ।

यसबाहेक कमलविनायक–नगरकोट सडक विस्तार आयोजना, गल्छी–त्रिशुली–मैलुङ र रसुवागढी– स्याफ्रु सडकखण्डको हालत पनि उस्तै छ। भेडेटार–रबि–राके खण्ड पनि विस्तारकै क्रममा अलपत्र छ । चिवनको भरतपुर नगरभित्रका राजमार्ग र सहायक राजमार्गहरूमा भइरहेका सडक विस्तारको काम पनि बीचमै रोकिएका छन् । सहरी सडक विस्तारका कतिपय परियोजनाहरू एकदशकदेखि उस्तै हालतमा छन् ।