काठमाडौँ – बेनी नगरपालिका–९ जम्रेनीका डण्डपानी सुवेदीले कच्ची सडकको सकसपूर्ण यात्रा अझै भुलेका छैनन् । ‘घर अगाडिको बेनी–पाखापानी सडक हुँदै बेनी आउन, काम गर्न र फर्कन करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्दथ्यो । हिजोआज जम्रेनीबाट १० मिनेटमै बेनी पुगिन्छ,’ उनले भने, ‘विसं २०५८ तिर खनेको सडकमा २०६५ देखि गाडी चल्न थालेका थिए । गाडी चढेर अर्थुङ्गेको बाटो घुमेर भन्दा छिटो हिँडेर बेनी पुगिने भएकाले पैदलयात्रा गर्दथ्यौँ ।’
बेनी(पाखापानी सडकको बेनीदेखि अर्थ्रुङ्गे हँदै जम्रेनी सम्मको सडक स्तरोन्नतिपछि भए पैदल हिँड्न छाडेर गाडीमा यात्रा गर्न थालेको सुवेदीले बताए । जम्रेनीका दण्डपानी जस्तै बेनी नगरपालिकाको ग्रामीण क्षेत्रका सडक स्तरोन्नति हुन थालेपछि सहज यातायात सेवामा नागरिकको पहुँच बढेको छ । मार्ग मात्र खुलेका सडकको ग्रेड र घुम्ती मिलेका थिएनन् ।
सडक साँघुरा थिए । यात्राका क्रममा जोखिम र सास्ती दुवै थियो । त्यसकारण बेनी बजार आसपासका बासिन्दा सवारी साधनको प्रयोग कमै गर्दथे । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यहाँको सडकको समस्या थियो ।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको लगानीमा सडक ढलान, कालोपत्र, सोलिङ र ग्राभेल हुन थालेपछि कृषि उपज निकासी, आवतजावत, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको हो ।
प्रतिक्रिया