देश

लगानी सहजीकरण सम्बन्धी विधेयक संशोधनका लागि खुला


काठमाडौँ— लगानी सहजीकरण सम्बन्धी विधेयकमाथि संशोधनका लागि समय खुला भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई प्रतिनिधि सभाले बहुमतले स्वीकृत गरेको छ । योसँगै लगानी सहजीकरण सम्बन्धी विधेयक संशोधनका लागि समय खुला भएको हो । सभामुख देवराज घिमिरेले ७२ घण्टाभित्र सांसदहरूले संशोधनको सूचना दिन सक्ने जानकारी दिएका छन् ।