काठमाडौँ – साउदी अरबको मक्कामा अत्यधिक गर्मीका कारण मृत्यु हुने हजयात्रीको संख्या एक हजार ३ सय नाघेको छ । यसमा धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो प्रचण्ड गर्मीमा लामो दूरी हिँडेका थिए ।
साउदी अरबमा यस पटक हजका लागि नेपालसहित विभिन्न मुलुकका नागरिकहरु पुगे । मुस्लिमहरूको पवित्र सहर साउदी अरबको मक्कामा बर्सेनि ठूलो सङ्ख्यामा मुस्लिमहरूले हजयात्रा गर्ने गर्छन् ।
मुस्लिम धर्ममा विश्वास गर्नेहरु जीवनमा एक पटक मक्का पुग्ने लक्ष्य राख्छन् । तर मक्कामा पुग्नु भने त्यती सझिलो छैन । यसका लागि ठुलो रकम लाग्ने गरेको छ । रकम मात्रै हैन यहाँ पुग्नलाई ज्यानको आहुति नै दिनु पर्छ भन्दा फरक पर्दैन । यसपटक साउदी सरकारले १८ लाख तीर्थयात्रीलाई अनुमति दिएको थियो । तर गरिब दुखी लाखौं इस्लाम धर्मावलम्बीहरु अनुमति नलिई मक्का पुगे । यसरी मक्का पुगेका लाखौँ तीर्थ यात्रीमध्ये १ हजार ३०१ जनाले प्राण त्याग गरे ।
हज यात्राका क्रममा मात्रै ६५८ इजिप्टका नागरिकको मृत्यु भएको अन्तर्राट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । इन्डोनेसियाका २०० भन्दा बढीको मृत्यु भएको छ । भारतका ९८ जनाको ज्यान गएको छ । यसबाहेक पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, ट्युनिसिया, सुडान र इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रका नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार हज यात्राका क्रममा धेरै अमेरिकीको पनि मृत्यु भएको छ । मृत्युसँग जोडिएका केही पक्ष यस्ता छन् ।
यस पटक साउदी अरबमा अभूतपूर्व तातो लहर देखा परेका कारण यति ठूलो सङ्ख्यामा हजयात्रीको मृत्यु भएको बताइन्छ । साउदीको स्वास्थ्य मन्त्रालयले गर्मीबाट बच्न पानी पिउन अपिल जारी गरे पनि धेरै हज यात्री गर्मीको सिकार भए ।
भिडभाड र सरसफाइको समस्या ।
तीर्थयात्रीका लागि तोकिएका स्थानमा धेरै भिडभाड र सास्ती खेप्नुपरेको उल्लेख छ । आवश्यकताभन्दा बढी मानिसलाई टेन्टमा राखिएको थियो जहाँ गर्मीबाट जोगिने उचित व्यवस्थापन थिएन । यसबाहेक सरसफाइमा पनि सर्वसाधारणलाई समस्या परेको छ ।
साउदी सरकारले यात्रीका लागि झण्डै २७ हजार बसको व्यवस्था गरेको थियो । तर तीर्थयात्रीहरूले अवरुद्ध सडक र कमजोर पूर्वाधारलाई दोष दिएका छन् ।
हजमा जान एक व्यक्तिले विशेष हज भिसाका लागि आवेदन दिनुपर्छ । तर साउदी अधिकारीहरूले कडिकडाउ गर्दागर्दै पनि केही मानिसहरू वैध कागजातबिनै हज यात्रामा जाने गरेका छन् । टेन्टमा भिडभाड र गर्मी हुँदा मृत्यु हुने गरेका छन् ।
प्रत्येक वर्ष हजको समयमा हुने मृत्युको एउटा कारण धेरै हजयात्रीहरू जीवनको उत्तरार्धमा हज गर्न खोज्नु रहेको बताइन्छ । धेरै मुस्लिमहरू यदि आफ्नो मृत्यु भइहालेमा समेत त्यो हजको समयमा होस् भनेर मक्का पुग्छन् । किनकि पवित्र सहरमा मर्नु र त्यहाँ गाडिनु कुनै आशीर्वाद भन्दा कम नहुने उनीहरूको विश्वास पाइन्छ । विभिन्न कारणले हजयात्रीको ज्यान जाने गरेको छ । यस्तो अवस्थामा साउदी अरब सरकारले मृतकको पहिचान र अन्त्येष्टिजस्ता अन्य कुराहरूको जिम्मेवारी लिन्छ । साउदी अरबको हज कानुनमा प्रस्टसँग उल्लेख गरिए अनुसार यदि कुनै व्यक्तिले हज गर्दा आफ्नो ज्यान गुमाएमा उसको शव देश पठाइने छैन बरु साउदी अरबमा नै गाडिनेछ ।
आवेदन फारममा घोषणा गर्दा नै साउदी अरबको जमिन वा आकाशमा मृत्यु भएमा साउदी अरबमै शव गाड्ने सहमति जनाएका हुन्छन् । यस सम्बन्धमा परिवारका कसैको आपत्ति भएमा समेत स्वीकार नगरिने उक्त कानुनमा उल्लेख छ । हज मुस्लिमहरूको सबैभन्दा ठूलो धार्मिक पर्व हो । हरेक शारीरिक र आर्थिक रूपमा सक्षम मुस्लिमका लागि यो अनिवार्यजस्तो मानिन्छ । यही कारणले हरेक वर्ष निश्चित समयमा विश्वभरका लाखौं पुरुष तथा महिला हज गर्न साउदी अरेबियाको मक्का सहरमा पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको
प्रतिक्रिया