चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार बिहान काठमाडौं आइपुगेका छन् । उनी नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका हुन् ।
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा मंगलबार काठमाडौंमा हुँदै छ । बैठकमा नेपाल–चीन सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी बुधबार स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया