Breaking

विश्व तर्साउने किम–पुटिनको नाटकीय उठबस, चीनलाई दबाव, अमेरिकालाई डर, कारभित्रकै खेल (भिडियोेसहित)


काठमाडौँ— उतर कोरीयाली नेता किमजोङ उन र रुसी राष्ट्रपति भ्वादिमीर पुटिन बीचको भेटको चर्चा अझै सेलाएको छैन। सरक्षाका दृष्टिले अर्काको गाडीमा सवार नहुने किम र पुटिन एउटै कारमा दौडिएको दृश्यले फेरि चर्चा पाएको छ । शासकका रुपमा चिनिएका विश्व तरंगित पार्ने दूई शक्तिशाली व्यक्ति ।

नम्बर–१ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।
नम्बर–२ उतर कोरियाली नेता किम जोङ उन ।

पुटिन र किम जोङले खुट्टा उचाल्दा पनि विश्वको ध्यान मोडिन्छ । युक्रेनसंग यूद्ध छेडेर थिलथिलो बनाएर छोडेका पुटिनको अमेरिकासंग सम्वन्धमा दरार आएकै बेला किमजोङ उनसंगको दोस्तीले फेरि एक पटक पश्चिमाहरु हच्किएकाछन् । आफ्नै देशमा बसेर अमेरिकासम्म मार्न हान्न सक्ने ताकत भएका किमजोङको शनकले आजित भएको अमेरिका पुटिनसंग घाँटी मिलाएपछि थप भयवित छ ।

२४ वर्षपछि उतर कोरियाको भ्रमण गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र किमजोङ उन कारमा संगै सवार रहेकोे भिडीयो बाहिरीएसंगै चर्चा चुलिएको छ । यो पुटिनले लिएर गएको कार हो । मूलत सुरक्षाको कारण देखाउँदै देश बाहिर निस्किदा आफ्नै निजी शौचालय बोकेर जाने किम जोङ, पुटिनले रुस बाट लिएर गएको कारमा सवार गरेको दृश्यले धेरैलाई चकित पारेको छ । प्रशन्न मुद्रामा देखिएका किम र पुटिनले कार चलाएर दोस्ती पक्का गर्दै खुसी साटेको भिडियो अहिले भाईरल छ ।

पुटिन र किमले पालैपाले चलाएर केही दुरी पारेको गरेको यो ब्राण्डेड गाडी पुटिनले किमलाई उपहार स्वरुप दिएको चर्चा छ । कारका स्वखिन किम संग अनगिन्ती लल्कजरीयस गाडीहरुछन् । तर पुटिनले आफ्नो भ्रमणमा उपहार स्वरुप कार दिएका छन् । रुसी सरकारी सञ्चारमाध्यमले पुटिनले उत्तर कोरियाली नेतालाई महँगो ’आउरूस’ लिमजीन कार दिएका जनाएकाछन् । पुटिनले किमलाई एउटा ’टी सेट’ र एउटा छुरी पनि दिएको रुसी संचारमाध्यमहरुले उल्लेख गरेकाछन् ।

गत फेब्रुअरीमा पनि पुटिनले किमलाई रुसमा बनाइएको एउटा आउरूस कार उपहार दिएका थिए। पुटिन आफैँ पनि त्यस्तै कार प्रयोग गर्छन्। त्यस बेला पुटिनले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै त्यो कार उत्तर कोरिया पठाएका थिए। दूई महारथीको शक्ति संचितिली विश्वको ध्यान खिचिरहेको बेला कमिलाले हात्तीलाई ताण्डव देखाउँछ भन्ने जस्तै सानो देश भियतनाम महाशक्तिराष्ट्रको भिडमा खेल्दैछ ।
भियतनामले नौ महिनायता अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनिया राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो देशमा उतारेको छ । भूराजनीतिक प्रतिस्पर्धीहरूमाझ भियतनामले जस्तो खालको कुशल सन्तुलन कायम गरेको छ, त्यो अन्य मुलुकका हकमा विरलै देख्न पाइन्छ। भियतनामले लामो समयदेखि स्वतन्त्र र विविधीकृत विदेश नीति अपनाउँदै आएको छ। पुटिन २०१७ पछि पहिलोपटक यो मुलुक पुगेका छन्। पुटिनलाई स्वागत गरेर उत्तर कोरिया, इरान र चीनपछि विश्वमञ्चबाट एक्लिएका नेताका लागि ढोका खोल्ने अर्को मुलुक बनेको छ ।

अमेरिका र भियतनामले सम्बन्ध स्तरोन्नति गरेको एक वर्ष नुपुग्दै पुटिनलाई उतारेपछि वासिङ्टन चिढिएको छ । तर, यसले उनीहरूको सम्बन्धमा खासै असर गर्ने देखिदैन । गत सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणमा दुई पूर्व शत्रुराष्ट्रबीचको सम्बन्धमा स्तरोन्नति गरिएको थियो। तर पुटिनको भ्रमणले अमेरिका भाडिएको छ ।
बाइडेन र पुटिन अहिले कट्टर शत्रुका रुपमा परिचित छन् । रुस युक्रेन युद्धमा अमेरिकाले युक्रेन बोकेपछि उनीहरुबीचमा फाटो आएको हो । बाइडेनभन्दा तीन महिनापछि सी चिनफिङले भियतानम भ्रमण गरे। यी दुई कम्युनिस्ट छिमेकीले दक्षिण चीन सागरमा असहमतिका बाबजुद आपसी सम्बन्ध सुदृढ गर्न ‘साझा भविष्य’ निर्माण गर्ने सहमति भएको थियो । दक्षिण चीन सागरमा दुवै मुलुकको दाबी छ र उनीहरूका जहाजबीच मुठभेड पनि हुने गरेको छ। तर भियतनामले यसलाई कौशलता पूर्वक कुटनितीक माध्यमबाट समाधान गरीरहेको छ । भियतनाको चतु¥याईले शक्तिराष्ट्रका महारथीहरु निरन्तर भ्रमणमाछन् ।