काठमाडौँ— गत सोमबार मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल उडेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन शनिबार नेपाल फर्किएका छन् । साओ पाउलोको पाँच दिनको भ्रमण सकाएर महानगर प्रमुख बिहान १० बजे स्वदेश फर्किएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले देशमा मात्रै नभएर विदेशमा समेत चर्चा बटुलेकाछन् । न्यूरोडको निहुँमा राजनीतिक दलबाट घेराबन्दिमा परेपछि नगरभसा रोकेर ब्राजिल हानिएका बालेनले विश्व जगतको ध्यान खिचेकाछन् । बालेनको अभिव्यक्ति र चर्चाको विषयमा भारतीय संचारमाध्यमले समेत कन्ज्युस्याई नगरी मुक्त कण्ठले प्रशंसा गरेकाछन्। मूतल बालेनले ब्राजिल पुगेर नेपालको विषयमा के बोले भन्नै विषयलाई संचारमाध्यमले प्राथमिकताका साथ स्थान दिएकाछन् ।
स्वतन्त्रबाट उदाएका बालेन घेराबन्दिमा परेको र उनमा केही गर्ने हुटहुटटी रहेको विषय अन्तराष्ट्रिय जतमा समते जगजाएर भएको छ । पूरात्वाविक महत्व र संरचनालाई रचनात्मक हिसावले अगाडी बढाउने बालेको योजनमा मेट्रोपोलिस फोरमको समर्थन रहने बुझिएको छ । बालेन पाँच दिने भ्रमण सकेर शनिवार स्वदेश फर्किएकाछन् । उनि असार २ गते ब्राजिलको साओ पाउलो गएका थिए ।
पाँच दिनको भ्रमणमा ३६ घण्टा यात्रामै बिताएका बालेनले मेट्रोपोलिस निर्देशक समितिको मुख्य कार्यक्रम मेट्रो पोलेसी नीति बहसमा सहभागि भएकाथिए । असार ५ र ६ गते कार्यक्रममा सहभागी भएका बालेनले सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट जस्ता विषयमा केन्द्रीत रहेर नीति बहस कार्यक्रममा भाग लिएका थिए । सहरी आवास र भवनहरूको विषयमा छलफल हुँदा बुधबार भने प्रमुख बालेनले ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’लाई प्यानलिष्टका रुपमा सम्बोधन गर्दे धारणा प्रस्तुत गरेका थिए । काठमाडौं देशको राजधानी भएका कारण अन्य विभित्र स्थानबाट बसाईसराई गरेर आउनेको सङ्ख्या उल्लेख्य भएको भन्दै बसाईंसराईंको मूल कारण खोजेर त्यसलाई सामाधान गर्नु नै आफूहरूको उद्देश्य रहेको बालेनको धारणा छ ।
बालेनले विश्वका अन्य शहर र दक्षिण एसियाका सहरहरूको समस्या फरक रहेको समेत धारणा राखे । काठमाडौंमा धेरै मानिस भूमी र घरवार विहीन नभएको धारणा राखेका बालेनले वास्तविक सुकुम्बासीको पहिचान गरि उनीहरूका लागि खानाको व्यवस्था गरिरहेको समेत बहसमा जानकारी दिए । उनले २०५० सम्ममा विश्वभर ८० प्रतिशत सम्म जनसङ्ख्या गाउँ छोडेर सहरमा बस्ने प्रक्ष्यपणसहितको धारणा राखेका थिए ।
बालेन र अन्तरर्राष्ट्रिय मञ्चमा दिएको अभिव्यक्तिको अहिले निकै चर्चा भईरहेको छ । विश्वका ठूला महानगरहरूका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज उठान गर्ने अन्तरर्राष्ट्रिय संस्था मेट्रोपोलिसका सदस्य रहेका बालेनको अभिव्यक्तिको स्वदेशमा मात्रै नभई विदेशी सञ्चार माध्यमहरूले पनि खुलेर तारिफ गरिरहेका छन् । साओ पाउलोमा नेपाल सहित दक्षिण एसियाकै अवस्थाबारे फोरममा आवाज उठाएका उनी नै एक्ला नेपालका पहिलो महानगरपालिकाका प्रमुख हुन् । बालेन यसअघि पनि अन्तरर्राष्ट्रिय सञ्चार माध्यमा छाएका थिए । छिमेकी मुलुक भारतका पत्रपत्रिकादेखि न्यूयोर्क टाईम्सले समेत बालेनलाई प्राथमिकतामा राख्ने गरेको छ । काठमाडौंको फुटपाथ र अबैध संरचनामा डोजर चलाएर चर्चामा आएका बालेन अहिले नितीगत र दुर्गामी कामको प्रभावले थप शक्तिशाली र चर्चित बन्दैछन् ।
प्रतिक्रिया