काठमाडौँ— १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट छन् । १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।
एसपी रिजालले नाबालिकामाथि जबरजस्ती करणी गर्ने प्रहरी जवानलाई १६ जेठमै पक्राउ गरिएको बताए । पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया