Breaking

महासेनानी दिरेन्द्र मल्ल बर्खास्त


काठमाडौँ— नेपाली सेनाले महासेनानी दिरेन्द्र मल्ललाई बर्खास्त गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा कार्यरत रहेका उनलाई केही समयअघि काठमाडौं झिकाएर सेनाले नियन्त्रणमा लिएको थियो। उनीमाथि छानबिन र कोर्ट अफ इन्क्वाइरी गठन गरी मंगलबार सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथि गौरवकुमार केसीले बताए।

केसीका अनुसार मल्लको कागजपत्रहरूमा कैफियत देखिएको थियो। उनको उमेर र थर सम्बन्धमा सेनाले छानबिन थालेको थियो। त्यसमा दोषी देखाउँदै सेनाले उनलाई बर्खास्त गरेको छ।