समाचार

महानगर बिरुद्ध कबाड व्यवसायीको प्रदर्शन


काठमाडौं महानगर बिरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

हिजोरदेखि शुरु गरेको सडक प्रदर्शनलाई आज पनि निरन्तरता दिएका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णय बिरुद्ध बिरोध प्रदर्शन गरेका हुन् । कबाड व्यवसायीहरुले आज पनि माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ । कबाड व्यवसायलाई बिस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।

महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।