काठमाडौँ— प्रतिनिधि सभामा मङ्गलबारदेखि बजेटमाथि मन्त्रालयगत छलफल जारी छ । बुधबार सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकको खर्च रकममा छलफल भएको छ ।
प्रतिनिधि सभा बैठकमा मंगलबारदेखि बजेटमाथि मन्त्रालयगत छलफल चलिरहेको छ । बजेटमाथि मन्त्रालयगत छलफलले बुधवार पनि निरन्तरता पाएको छ । बुधबार सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकको खर्च रकममा छलफल भएको छ । संसद वैठकमा विषयगत छलफल प्रारम्भ अघि शुन्य समयमा सांसदहरुले अन्य समसामायकि विषयमासमेत आफ्नो धारण राखेका छन् ।
सदनमा भर्खरै दक्षिणी छिमेकी मुलुक भारत भ्रमण सक्काएर स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खोजी भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुत्री एवं स्वकीय सचिव गंगा दाहाललाई कटाक्ष गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वान टू वान वार्तामा बसेकी महिलाको विषयमा जानकारी माग गरे । प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षीसँग वान टू वान भेटवार्तामा बस्दा एउटा नौलो मान्छे प्रोटकलभन्दा पनि बाहिरको मान्छे राखेर बस्नु भएको देखियो भन्दै सांसद खतिवडाले यसबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् ।
खतिवडाले निजामती कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको विदेशी नागरिकता र आवासीय अनुमतिको कुराहरु आएको भन्दै त्यसमा पनि सरकारले को को व्यक्ति त्यस्ता छन् भनेर छिटो श्वेपत्र जारी गर्नुपर्ने बताएका छन् । यही विषयलाई सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाही गर्न माग गरे ।
शून्य समयमा बोल्दै माओवादी सांसद लेखनाथ दाहालले सरकारी अस्पताल सम्पन्न र पहुँचवालाको मात्र भएको तर्क गर्दै गरिबहरूको मात्रै उपचार गर्ने गरी ‘विपन्न नागरिक अस्पताल’ खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
खर्च कटौतीको प्रस्ताव राखेका नेपाली कांग्रेसका सांसद जीवन परियारले मन्त्रालयहरूमाथि बजेट बढाउँदै जाने तर खर्च नहुने प्रवृत्ति रोक्नुपर्ने भन्दै कानुन मन्त्रालय अन्तर्गत पदाधिकारी र अन्य सुविधामाथिको शीर्षकमा खर्च कटौतीको प्रस्ताव राखेको जानकारी दिए । उनले सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउन माग पनि गरे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताएका छन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भएको भ्रष्टाचारका कारण राष्ट्रपतिको बदनाम भएकाले उक्त कार्यक्रम खारेज गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले उक्त कार्यक्रम खारेज गरी दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती र सुत्केरीको हवाई उद्धार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिन उपयुक्त हुने बताए ।
रक्षा मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै केही सांसदले विकास निर्माणमा नेपाली सेनाको संलग्नतालाई लिएर प्रश्न उठाए । सांसद एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सेनाको विकास निर्माण कामबारे प्रश्न उठाएका हुन् । विकासमा संलग्न हुँदै अगाडि बढेको सेनाको महत्वाकांक्षा बढ्दा विभिन्न देशमा संकट उत्पन्न भएको ख्याल गर्नुपर्ने उनको भनाइ थियो । यस्तै आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले सेनालाई विकासमा लगाउन सकिने तर ठेक्का नै उसले लगाउने विषयमा सोच्नु पर्ने बताए । उनले नेपाली सेना र सडक डिभिजनबीच केही फरक नभएको तर्क गरे । मन्त्रालयगत छलफलपछि मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।
प्रतिक्रिया