देश

सुरक्षित कारोबार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित


कनठमाडौँ— सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभा बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

आज बसेको सभाले विधेयक पारित गरेको हो । यो विधेयक ४ फागुन २०८० मा राष्ट्रिय सभामा दर्ता भएको थियो । विश्वव्यापीकरण, आर्थिक उदयरीकरण र सूचना प्रविधिमा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी विधेयक ल्याएको अर्थ मन्त्रालयले जनाएको छ ।