Breaking

एक हप्ता अगाडि नै क्यानडा गएका थिए सन्दीप, बाधा अड्चन आउन सक्ने भएकाले सबै काम गोप्य राखियो


काठमाडौँ— क्रिकेटर सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा भएको छ । उनी एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य भर्खरै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खोलेका छन् ।

यसपटक सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषयलाई क्यानले अत्यन्तै गोप्य राख्न सफल भयो । उनले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए । सबैले अनुमान लगाए, विश्वकप खेल्न नपाएका सन्दीप मन्दीर डुल्दै मन बहलाइरहेका छन् ।

यथार्थमा सन्दीप क्यानडा पुगिसकेका थिए । क्यान अध्यक्ष चन्दले एक अन्तरवार्तामा एक हप्ताअगाडि नै सन्दीप नेपालबाट प्रस्थान गरेको बताएका छन् ।

उनले भने, ‘अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’

नेपालबाट सबैलाई थाहा दिएर फूलमाला खादा लगाएर हिँड्दा विभिन्न बाधा अड्चन आउन सक्ने भएकाले सबै काम गोप्य रुपमा गरिएको चन्दको भनाइ छ ।

‘हिजोजस्तो स्थिति नहोस भनेर हामीले सचेतता अपनाएका हौं,’ उनले भने ।

क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको थियो । त्यहाँ उनले नियमित अभ्यास गरेको चन्दले जानकारी दिए । चन्दका अनुसार नेपालका भुतपूर्व प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई सहयोग गरेका थिए ।

सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासलाई आफूले सबै जिम्मा दिएको उनले बताए । चन्दले भने, ‘उहाँहरुले निकै मिहिनेतपूर्वक सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन सफल हुनुभयो ।’

यति मिहिनेत गर्नुभएको रहेछ, तर फेसबुकमा सात पुस्तालाई पुग्ने गाली खानुभयो नि भन्ने प्रश्नमा चतुरले भनेका छन् ।