Breaking

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले लिए शपथ


काठमाडौँ – सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार साँझ ६ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँले सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरल, बिना विभागीय मन्त्रीहरू अक्कल रावल र लक्ष्मी विकलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यस्तै, नेकपा एमालेबाट आर्थिक मामिला मन्त्री बनेका सुरेन्द्र पाल, बिना विभागीय मन्त्री बनेका वीरबहादुर थापा र हिरा सार्कीको पनि प्रदेश प्रमुख मियाँबाट पद तथा शपथ ग्रहण भएको छ।

यस्तै, बिना विभागीय मन्त्री बनेका एकीकृत समाजवादी पार्टीकी माया पन्तको पनि पद तथा शपथ ग्रहण भएको हो। उद्योग, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका ताराप्रसाद जोशीले पद तथा गोपनीयताको शपथ लिन अस्वीकार गरेका छन्। उनले चित्त बुझ्दो मन्त्रालय नपाएको भन्दै शपथ लिन अस्वीकार गरेको बताइएको छ।