Breaking

गण्डकीमा फणीन्द्र र दीपक मनाङे मन्त्री बन्दै, आजै नीति तथा कार्यक्रम


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’लाई साथ लिएर आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दुबै जनाको ११ बजेपछि सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए । आज उनै फणीन्द्र मन्त्री नियुक्त भएर सपथ गराउने कार्यक्रम तय भएको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।

देवकोटासँगै मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् । सत्ताको खेललाई आफ्नो पक्षमा पार्दै आएका मनाङे यसपटक पनि भौतिक पूर्वाधारमै दोहोरिने नेताहरुले बताइरहेका छन् ।माओवादी चुनाव चिह्नबाट प्रधानमन्त्री प्रचण्डसँगै चुनाव लडेको देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका थिए भने माओवादीले फ्लोर क्रस गर्ने देवकोटालाई कारबाही गर्ने बताइरहेको छ । तर, फ्लोर क्रस गरेवापत फणीन्द्रले मन्त्री पाउने भएका हुन् ।

देवकाटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ । फणीन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् ।
माओवादी चुनाव चिह्नबाट प्रधानमन्त्री प्रचण्डसँगै चुनाव लडेको देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका थिए भने माओवादीले फ्लोर क्रस गर्ने देवकोटालाई कारबाही गर्ने बताइरहेको छ । तर, फ्लोर क्रस गरेवापत फणीन्द्रले मन्त्री पाउने भएका हुन् ।