Breaking

राजदुतलाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुगेनः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पु¥याउन नसकेको बताएकाछन् ।

सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले । उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गरे । उनले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भुमिका खेलेको बताए ।

उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद विघटन बाध्यता भएको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको बताए । उनले ओलीले सो धारणा सधैँ राख्दै आउनुभएको र पार्टीको कार्यक्रममा उक्त धारणा राख्नुलाई सामान्य रुपमा लिएको बताए ।