समाचार

प्रधानमन्त्री प्रचण्ड र संघीयमन्त्री एस जयशंकरबीच भेटवार्ता


भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नवनियुक्त भारतीय संघीयमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

आज भएको भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ । भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाइ एवं कार्यकालको शुभकामना व्यक्त गरेकाछन् ।

प्रचण्डले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । त्यसैगरी मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेकाछन् ।

दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागि परेको मन्त्री जयशंकरको भनाई छ ।