Breaking

नेपाल भित्रियो यसबर्षको मनसुन


काठमाडौं । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ ।


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजबाट मनसुन नेपाल भित्रिएको जानकारी दिएको छ । अहिले कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै फैलिँदै विभागले जनाएको छ ।

नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । यस्तै, यो वर्ष सरदरभन्दा बढी वर्षा र गर्मी बढ्ने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेका जल तथा मौसम विज्ञान विभागका जनाएको छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले पूर्व सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।