Breaking

प्रचण्डको कोदो ब्राण्ड फ्लप, सिंहदरबामा पाकेन रोटी, भारतबाट मगाएर राष्ट्रियताको भ्रम


काठमाडौँ – गाँजालाई वैद्यता दिन कानुन निर्माणको प्रक्रिया सुरु भई सकेकोे छ । नेपालका अधिकांश भु भागमा उत्पादन हुने कोदोको मदिरालाई ब्राण्ड बनाउने बहस छेडिएको छ । आगामी आर्थिक वर्षको बजेट भाषणपछि यी परपम्परागत स्थानीय उत्पादनलाई आय आर्जनसंग जोडेर गाँजा कोदो लगायतका कच्चा पदार्थलाई व्यवसायीकरण गर्ने तयारी सुरु भएको हो ।
‘हरियो सुन’को उपमा पाएको गाँजाको विषयमा अहिलेसम्म फगत गफको खेती भईरहेको छ ।

तर अब गाँजा खेतीनै हुने बाटो खुल्दैछ । लामो समयदेखि गाँजा बैधानिकता हुनु पर्न विषयमा बहस छेडिएपनि यो चिया गफमै सिमीत थियो । कानुनी रुपमा बर्जित गाँजालाई फुकुवा गर्ने चरणवद्ध बहस र अनेक अभियान पछि सडक र गल्लीहरुमा सिमित गाँजाको बहस सदनमा छिरेको छ ।


आगामी आर्थिक वर्षको बजेटमा नीतिगत रुपमा नै गाँजा खुलाउने बुँदा राखेपछि यो विषय थप चर्चामा छ । हाम्रो घर वरपर नै उत्पादन हुने भरपुर औषधीय गुण भएको गाँजाको चर्चा सिंहदरवारको कोठाकोठामा हुन थालेको छ । गाँजाको व्यागमा बजेट बोकेर संसद छिरेका अर्थमन्त्री वर्षमान पुनले गाउँ गाउँमा गाँजाको उत्पादन भईरहेको उल्लेख गर्दै वैठकमा ‘अनुसन्धानका लागि गाँजा तत्काल खुला गर्नुपर्ने बताए ।


गृहमन्त्री रवि लामिछानेले एक महिनामै गाँजा खेती औषधिजन्य अनुसन्धानका लागि नियमावली बन्ने बताए । शुक्रवारको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गहन छलफलपछि गाँजा व्यावसायिक उत्पादन गर्ने कानून निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ । सरकार अहिले ऐन नियम संसोधन गरेर व्यवस्थित ढंगले गाँजा खेती गर्न सकिने निष्कर्षमा पुगेको छ ।

नेपालीहरुले गाँजाको डाँठ बोट लगायतबाट जुत्ता, झोला लगायतका कपडा र धागो उत्पादनमार्फत करोडौं आम्दानी गरिरहेकाछन् । त्यसमा कुनैपनि कानुनी जटीलता छैन । तर गाँजालाई औषधीय प्रयोजनका लागि प्रयोग गर्ने बिषयमा मात्रै सरकारले कानुनी प्रावधान ल्याउने तयारी गरिरहेको छ । गाँजामा क्यान्सर नीको पार्नसक्नेसम्मको औषधीय गुण रहेको जानकारहरुको दाबी छ।

आगामी आर्थिक वर्षको बजेट भाषणपछि यी परपम्परागत स्थानीय सीपलाई उत्पादनसंग जोड्दै गाँजा कोदो लगायतका कच्चा पदार्थबाट उत्पादित सामग्रीलाई व्यवशायीकरण संग जोडेर आयआर्जनमा टेवा पु¥याउने सरकारको लक्ष्य छ । यसलाई कृषकको तहबाट स्वागत योग्य निर्णय भनिएको छ । यद्यपी विज्ञहरु गाँजा बैधानिकता हुँदैमा चमत्कारनै हुन्छ भन्ने मान्यता राख्दैनन् । गाँजामा हुने औषधी जन्य गुणले गर्दा यसको विक्रि र प्रवद्र्धनबाट आम्दानी लिन सकिएपनि अन्तराष्ट्रिय मापदण्डअनुसार नेपाली किसानलाई तालिम दिनु पर्नेमा उनिहरुको जोड छ ।

गाँजावारे औपचारिक रुपमा बहस प्रवेश गर्दा नेपालको अधिकांश भु–भागमा उत्पादन हुने कोदोको लोकल रक्सी स्थानीय मदिरालाई ब्राण्डीङ गनूपर्ने चर्चा चुलिएको छ । आफ्नो जीविकोपार्जन गर्न सर्वसाधरणले उत्पादन गरेको लोकल रक्सि खोजी खोजी सुरक्षाकर्मीले घोप्टउन छाडेका छैन तर यसलाई ब्राण्डीङ गर्नु पर्ने बहस सतहमा छ । सस्तो लोकप्रियता र स्टन्टवाजीकै लागि भए पनि यस अघि नै शितल निवासदेखि सिंहदरवारसम्मै कोदोको परिकार नपस्केको होइन । रैथाने उत्पादन र ब्रान्डिङ गर्दा विदेशी रक्सी आयातमा अर्बौँ रुपैयाँ बाहिरिरहेको र त्यो पैंसा नेपालमै रोक्न यो महत्वपूर्ण कसी हुन सक्छ ।

तर कोदो नै विदेशबाट आयत गरेर उत्पादित रक्सि ब्राण्ड गर्न कति संम्भव होला ?
अघिल्लो आर्थिक वर्षको ६ महिनामा झन्डै ४५ करोडको कोदो आयात भएको तथ्याङक छ । रैथानी वाली नै हामी अयात गर्ने अवस्थामा छौँ भने हाम्रो ब्रान्डिङको सपना र यथार्थको धरातलमा कति गहिरो खाडल छ सोचनिय विषय हो । सिंहदरवारमा कोदोको खाजा खाने अभियान केही महिना नचलेको होइन तर, अहिले मन्त्रीहरु फेरि मैदाको मम र चाउमिन नै रुचाउने चर्चा छ । गाँजाको औषधीकै विषयमा कुरा गर्दा पनि सिंहदरबर वैद्य खानाले यसअघि गाँजालाई औषधीका रुपमा प्रयोग गर्ने गथ्यौ अहिले कानुनी अड्चनकै कारण यस्तो कार्यमा अड्चन रहेको गुनसो गर्ने गरेको छ । वैद्यखाना आफैँ विरामी परेका बेला सरकारले यसमा पनि ध्यान दिन आवश्यक छ । यसो भनि रहँदा चितवनका केही पालिकाहरुले पेय पदार्थहश्र विस्थापित गर्नका लागि दही र मोहीलाई ब्रन्डिङ गरिरहेका छन् । स्थानीय तहहरु रक्सिको ब्राण्डिङ थालिसकेका छन ।