Breaking

योहोकर्मी न्यौपानेलाई मातृशोक


काठमाडौँ – योहो टेलिभिजनकर्मी रञ्जन न्यौपाने (सुशील)लाई मातृशोक परेको छ । उहाँकी ६३ वर्षीया आमा शारदा न्यौपानेको शनिबार काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

न्यौपाने विगत एक महिनादेखि ब्रेन स्ट्रकको समस्यासँग जुधिरहनुभएको थियो । उहाँको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । न्यौपानेका श्रीमान र तीन छोरा छन् ।