अन्तर्राष्ट्रिय

अमेरिका चुनाव : बाइडेनलाई ट्रम्पले हायलकायल पार्दै, जेल पुगे मत बढ्ने प्रक्षेपण (भिडियोसहित)


काठमाडौँ— अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले दोषी ठहर गरेको हो । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो ।
शक्तिको उन्मादले शेर भएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न ३४ वटा कसुरमा दोषी ठहर भएका छन् । आउँदो राष्ट्रपति चुनावमा उम्मेदवारी दिने तयारी गरिरहेका बेला ट्रम्प दोषि ठहर भएका हुन् । डोनाल्ड ट्रम्प फौजदारी कसुरमा दोषी ठहरिनेमा इतिहासकै पहिलो पूर्व राष्ट्रपति हुन् । अदालतको आदेशले शक्तिशाली ट्रम्पको राजनीतिक भविष्यमा संकट चुलिएको छ । म्यानह्याटनका १२ न्यायाधीशले ट्रम्पविरुद्ध परेका ३४ वटै मुद्दामा दोषी ठह¥याएका छन् । आगामी जेठ २९ मा उनीविरुद्ध सजाय सुनाइने भएको छ ।

६ सातासम्म लम्बिएको सुनुवाइमा अदालतले २२ जना साक्षीको बयान लिएको थियो । यसरी बयान दिनेहरूमा स्टोर्मी ड्यानियल पनि थिइन् । जोसँगको अन्तरंग सम्बन्ध ढाकछोप गर्न ट्रम्पले पैसा दिएको विषयको मुद्दा मुख्य थियो । कानुनविद्ले उनलाई जरिवाना मात्रै होइन, जेल सजाय पनि हुन सक्ने संकेत गरेका छन् । तत्कालका लागि भने उनलाई जमानत विनै रिहा गरिएको छ । ट्रम्पले अदालतको यस निर्णयलाई ‘अपमानजनक’ भनेका छन् । ट्रम्पलाई सन् २०१६ को चुनावी अभियानको अन्तिम दिनमा पूर्व वयस्क फिल्म स्टार स्टोर्मी ड्यानियललाई मौन रहन पैसा दिएको आरोप लागेको थियो । उनले दिएको त्यो रकमलाई कानूनी खर्चका रूपमा देखाउने छलकपटलाई अनुमोदन गरेको अर्थमा हेरिएको छ। ट्रम्प जेल जानैपर्ने अवस्था आएको खण्डमा पनि आसन्न राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न निषेध हुने छैन । निर्वाचन जितेमा उनले जेलभित्रबाटै राष्ट्रपतिको भूमिका निर्वाह गर्न सक्छन् । त्यसोत यो घट्ना अमेरिकामा पहिलो पटम भने हैन, यस अघि पनि अमेरिकामा यूजीन भी डेब्सले राष्ट्रपति चुनाव लडेका थिए । यूजीन सन् १८९४ मा मजदुर नेताका रूपमा जेल पुगेका थिए । एउटा ट्रेन कम्पनीविरुद्ध सङ्घर्षको क्रममा उनलाई हुलाकमा अवरोध पु¥याएको आरोप लागेको थियो । त्यस्तै अर्का व्यक्ति लिन्डन लरूश पनि विभिन्न कारणले जेल परे र, जेलबाटै राष्ट्रपतीय निर्वाचनमा सहभागी भएका थिए । उनी अमेरिकाको इतिहासमा सबैभन्दा धेरै पटक राष्ट्रपतिको चुनाव लड्ने व्यक्ति पनि हुन् । जोसेफ स्मिथले पनि जेलबाटै राष्ट्रपतिको चुनाव लडेका थिए । उनले सन् १८४४ को राष्ट्रपतीय निर्वाचनमा रिफर्म पार्टीको उम्मेदवार बनेर प्रतिस्पर्धा गरेका थिए । अमेरिकाको इतिहासमा अहिलेसम्म तीन जना जेलभित्र राष्ट्रपति पदको उम्मेदवार बनेका छन् । यस भन्दा अघी अमेरिकी सञ्चारमाध्यमहरुले एक्जिटपोल मार्फत सर्वेक्षण गरेको थियो । एक्जिटपोलमा ट्रम्पको पक्षमा मत आउने देखाउको थियो । तर डोनाल्ड ट्रम्प सफल होलान, नहोला यसको छिनोफानो भने नोभेम्बर महिनाको चुनाव पछि थाहा हुने छ । यदि ट्रम्पले चुनाव जिते अपराधी ठहर भएको व्यक्तिलाई उम्मेदवार मान्नुपर्ने छ ।