समाचार

अरुण तेस्रो जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

योहो संवाददाता

काठमाडौँ— सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।

सुरुङको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

‘यस आयोजनाबारे मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जानकारी लिँदै आएको छु । सन् २०१४ नोभेम्बर २५ मा परियोजना विकास सम्झौतामा हस्ताक्षर भई हाल निर्माणाधीन अवस्थामा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाल परियोजनाको उत्पादनतर्फ ७४ दशमलव ०९ प्रतिशत र प्रसारणलाइनतर्फ ३७ दशमलव ९५ प्रतिशत भौतिक प्रगति भएकामा खुसी लागेको छ ।’

आयोजना निर्माणपछि देशको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान हुने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे ।

‘यस परियोजनाका लागि आवश्यक जग्गा प्राप्तिलगायत आवश्यक सहयोग र सहजीकरण गर्दै निर्धारित समयमै आयोजना�