Breaking

टिचिङ र वीरले दिएको पीर, बिरामी भूईमै लमतन्न, ख्क्ष्ए लाई छैन् अड्को, नागरिक पालो कुर्दै वर्षदिन (भिडियोसहित)


काठमाडौँ— सरकारी अस्पतालमा उपचारको पालो पाउनै मुस्किल, समयमै उपचार नपाउँदा थप स्थास्थ्य समस्याको सिकार बन्दै विरामी, बीमा बापतको सुविधा दिन पनि आनाकानी ।।
मुलुकका हरेक नागरिकमा स्वास्थ्य सेवाको सहज पहुँच हुनु मौलिक अधिकार हो । तर संविधानले नै प्रदान गरेको अधिकार प्रयोग गर्नबाट नेपाली नागरिक भने बञ्चित हुँदै आएका छन् । राज्यले देशका सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको नीति लिए पनि व्यवहारमा भने ठूलो अन्तर देखिन्छ ।

सानो तिनो युद्ध जित्न तपाईले धेरै मुकाविला गनू नर्पला, ठूलै पहाड छेड्न खोज्नु भयो भने रातदिन गरेर एकाध वर्षमा सक्नु होला, तर सरकारी अस्पतालमा उपचारको पालो पाउन युद्ध जितेभन्दा पनि कठिन छ दर्शकवृन्द । रोगले च्यापेर आर्यघाटले खबर गर्ने बेलासम्म पनि अस्पताले तपाईलाई पालो आएको खबर गर्दैन । नेपालका अधिकाशं ठूला सरकारी अस्पतालामा यही दुरदशा चलिरहेको छ । भीआईपीको पेट काट्दा उतैबेलै हस्याङ फस्याङ गर्दै छिनभरमै सबै तयो तर्जुमा हुन्छ । तर सर्वसाधरणले ६ महिना वर्षदिन कुर्दा पनि उपचारको लागि पालो पाउदैनन् । कतिलाई रोगले गालेर अन्तिम अवस्थामा पु¥याउदा पनि पालो नआउनु दुर्भाग्य हो । जुन तथ्य आज हामी देखाउँदैछौ ।
सामान्य शल्यक्रियाका लागि पनि बिरामीले सरकारी अस्पतालमा वर्षौंसम्म पालो कुर्नु पर्ने अवस्था छ । सरकारी अस्पतालको यो हविगत दूरदराजका जिल्लामा होइनन्, देशकै संघीय राजधानी काठमाडौंमै रहेका सरकारी अस्पतालको हो।

देशकै ठूलो सरकारी वीर अस्पतालसहित शिक्षण अस्पताल, कान्ति, पाटनलगायतका अस्पतालमै बिरामीले उपचारका लागि सास्ती व्यहोर्ने गरेका छन् । नाक, कान, घाँटीको सामान्य शल्यक्रियाका लागि पनि यी अस्पतालहरुमा बिरामीले वर्षौं पालो कुर्नु पर्ने बाध्यता छ । यो भद्रगोल स्वास्थ्य सेवालाई बिडम्बना नै मान्नु पर्छ । सास्ती पनि यतिसम्मको छ कि उपचार गर्न आएका बिरामी निको भएर घर फर्किसक्नु पर्ने बेलासम्ममा थप जटिल स्वास्थ्य समस्या झेल्नु पर्ने अवस्थाबाट गुज्रिरहेकाछन् ।बिरामीको चापले भन्दा पनि व्यवस्थापनको अभावले कतिपय बिरामीले उपचार त, के बेडसमेत भेटेका छैनन् ।

सरकारी अस्पतालमा उपचार गर्न जानु भनेको सुन्दा अलि तितो लाग्ने तर यथार्थमा मृत्यु कुर्नु हो भन्ने भाष्य निर्माण हुँदैछ । जुन कुरा विरामीले खेपेको सास्तीले घाम जतिकै छर्लङ पारेको छ। अहिले बीर टिचिङ लगायतका अस्पतालमा नाक, कान घाटी र अप्रेशनका लागि महिनौदेखि पालो कुर्नेको भिड छ ।
सरकारी अस्पतालमा उपचारको लागि पालो मात्रै हैन,फार्मेसीहरुमा चिकित्सकले भनेका औषधिहरुसमेत पाइँदैनन् । त्यही कारण निजी फार्मेसीबाट महंगो मूल्यमा औषधि किन्न बिरामी बाध्यछन् । सरकारी अस्पतालमा हुने ढिलासुस्तीले पनि बिरामीलाई थप पीडा दिने गरेको छ । साथै प्रक्रियागत त्रुटि देखाउँदै बीमा बापतको सुविधासमेत नदिने गरेको उपचार गर्न आएका बिरामीको गुनासो छ ।

संघीय राजधानी काठमाडौंमै रहेका अस्पतालहरुको उपचार सेवा भद्रगोल छ भने दूरदराजका सरकारी स्वास्थ्य सस्ंथाको अवस्थाबारे कल्पना पनि गर्न सकिँदैन । सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर प्रभावकारी रुपमा उपचार सेवा उपलब्ध गराउने भन्दै वर्षौंदेखि प्रतिबद्धता जनाए पनि कार्यान्वयन भने शून्यकै अवस्थामा छ । यद्यपी महिनौ पालो कुर्नु पर्ने विषयको छानविन गर्न सरकारले समिती बनाएको छ । के समस्याले ढिला सुस्ती भएको हो ? उपकरण अभाव हो कि, कृतिम रुपमा अभाव सृजना गरिएको छ ? यो विषयमा समितीले अध्यन गर्नेछ ।
पटक पटक मन्त्री फेरिनु र त्यसरी फेरिएर आएका नयाँ मन्त्रीको आश्वासन र निर्देशन कार्यान्वयन हुन नपाउँदै सरकार नै परिवर्तन हुने अस्थीर राजनीतिले सरकारी अस्पतालको गुणस्तर सुधार भद्रगोल हुनुमा थप मलजल गर्ने गरेको छ । यसले सरकारी अस्पतालका कर्मचारीका लागि झनै ठूलो बहानाबाजी मिल्ने गरेको छ । विभिन्न बहानामा बिरामीको उपचारमा ढिला सुस्ती गर्दा जनताको नैसर्गिक अधिकारको हनन् मात्र होइन उपचारका लागि महंगो मूल्यमा निजी अस्पताल धाउनु पर्ने बाध्यता पनि छ । यो बाध्यताको अन्त्य कहिले हुन्छ ? यसको जवाफ न त जिम्मेवार अधिकारीसँग छ न त सरकारसँग नै ।