Breaking

रवि बचाउँदा स्वर्णिम फसे, रास्वपा फुट्ने डर, तोसिमा र शोभिता बोल्नै छाडे


पुराना दलका कारण देशमा परिवर्तन सम्भव नभएको नारा लगाउँदै नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो अवधिमै नसोचेको सफलता हात पा¥यो । सञ्चारकर्म छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछाने नेतृत्वको रास्वपाले पार्टी घोषणाको ६ महिनामै संघीय संसद छिर्ने अवसर पनि प्राप्त ग¥यो । राजनीतिमा बामे सर्दै गर्दाको अवस्थामै नेपाली जनताबाट अनुमोदित रास्वपा संसदीय व्यवस्थामा प्रवेश गरेको डेढ वर्षकै अवधिमा आलोचना र विवादको घेराबन्दीमा परेपछि गम्भीर प्रश्नको सामना गर्नु पर्ने अवस्थामा पुगेको छ ।


पुराना दलहरूबाट परिवर्तन सम्भव नभएको र आफूहरू विकास र परिवर्तनको एउटा स्वर्णिम युग भन्ने लक्ष्यका साथ राजनीतिमा उधाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दिनप्रतिदिन खस्किँदै गएको छ । छोटो समयको राजनीतिक यात्रामै अनपेक्षित जनताको दरो साथ पाएका रास्वापका सांसदहरूले सदनमा बोल्दा सबैको कान ठाडो हुने गथ्र्यो । तर संसदीय व्यवस्थामा प्रवेश गरेको १७ महिनाको अवधिमै रास्वपाका सांसदहरूले संसदीय अभ्यास बुझ्न नसक्दा र बुझ्ने कोसिस नगर्दा सदनमा रास्वपाका सांसदहरूले देखाइरहेको हर्कतले हाँसोको पात्र बनिरहेका छन् । बोलेर र प्रश्न गरेरै राजनीतिमा उदाएका रवि लामिछानेले आफ्नो पदीय हैसियत नै भुलेर प्रश्न गर्नाले सकिने बाटोमा पुगेका छन् । हिजो प्रतिपक्षमा हुँदा गृहमन्त्रीको मुटु कत्तिको दरो छ भनेर प्रश्न गरेका रविलाई अहिले सोही प्रश्न प्रतिपक्षले सम्झाइदिँदा मुख छोपेर बस्नु बाहेक अर्को विकल्प भेटेका छैनन् ।

हिजो प्रतिपक्षमा हुँदा हरेक विषयमा छानबिन समिति गठन भएर अनुसन्धान गर्नुपर्ने भाषण छाड्दै हिँड्ने रवि अहिले सहकारी प्रकरणमा संलग्न रहेको तथ्य र प्रमाणले पुष्टि हुँदा पनि लाजै पचाएर भए पनि गृहमन्त्रीको कुर्सीमा विराजमान रहेका छन् । सदनको रोस्ट्रममा उभिएर आफूमाथि लागेको आरोपको जवाफ दिन पाएको मौकाको पनि दुरूपयोग गर्दै उल्टै अनेकौं तथ्यहीन आरोप लगाएकै कारण रवि आम नागरिकको नजरमा कमजोर साबित भएका छन् । सत्ता र शक्तिको भरमा अनागरिक हुँदा पनि देशको उपप्रधानसहित मन्त्रालयको ताल्चा साँचो सम्हालेका रविले अहिले आफ्नो पदको दुरूपयोग गर्दै नागरिकतामा केही प्राविधिक त्रुटि भएका मिडिया सञ्चालकलाई प्रतिशोध साधेर क¥याप झ्याप पारेका छन् । राजनीतिक विश्लेषकहरूले रवि र रास्वपा आफ्नै कारण सकिने बाटोमा पुगेको तर्क गरिरहेका छन् ।

संसदीय अभ्यासमा रहेका पुराना दलहरूले हरेक क्षेत्रमा राजनीतिकरण र भ्रष्टाचार गरेका कारण देश र जनताले दुःख पाएको दाबी गर्ने रास्वापका नेताहरू अहिले हरेक काण्डहरूमा अग्रभागमा उभिरहेका छन् । बोली र व्यवहारमा एकरूपता नभएकै कारण विवादको भुमरीमा रवि फसिरहेकै बेला आफूलाई बौद्धिक हुँ भन्ने डाक्टरधारी स्वर्णिम वाग्लेले सभामुखले रूलिङ गर्दागर्दै पनि प्रतिपक्षमाथि व्यक्त गरेको आक्रोश अभिव्यक्तिले रास्वपाले जानेको भनेकै प्रतिशोध साध्ने हो भन्ने कुरा प्रष्ट भएको छ ।

कांग्रेसको स्कुलिङबाट राजनीतिमा उदाएका स्वर्णिमले रोष्ट्रममा उभिएर बीपीलाई सम्झिँदै गर्दा कांग्रेसलाई नै गाली गरिरहँदा आफू संसदीय अभ्यासमा चुकिरहेको छु भन्नेसमेत भेउ पाउन सकेनन् । रास्वापका सांसद सन्तोष परियारले अर्थमन्त्री वर्षमान पुनलाई हातमै समाएर रोष्ट्रममा लैजान खोजेको दृश्यले पनि संसदीय अभ्यासमा रास्वपा कुन स्तरमा छ भन्ने कुरा प्रष्ट पारेको छ । रविको बचाउमा मैदानमा उत्रेका कारण स्वर्णिम र सन्तोषहरू विवादित भन्दा आमनागरिकले आशा गरेका सोभिता र तोशीमाहरू बोल्नै छाडेका छन् । सरकारमा मन्त्री भएकाहरू आमनागरिकका लागिभन्दा पनि चर्चाका लागि काम गर्ने प्रवृत्तिले पनि रविको पार्टी थप खस्किदो अवस्थामा रहेको पुष्टि हुन्छ ।