Breaking

३ करोड बढीको कोकिनसहित महिला पक्राउ


काठमाडौँ । दुबईबाट आएकी कंगोकी एकजना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो छिन् । उनको साथबाट बरामद कोकिनको मूल्य ३ करोड ८५ लाख हुने लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।