Breaking

याक तथा चौरी व्यवसायी संघको लोगो सगरमाथाको शिखरमा


काठमाडौँ – याक तथा चौरी व्यवसाय संघ नेपालको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याउन सफल भएको छ ।

हिमाली क्षेत्रमा बसोस गर्ने शेर्पा समुदायको पुर्खौली पेशाको रूपमा रहेको याक तथा चौरी व्यवसायलाई आधुनिक समाजकोमा उजागर र संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको याक तथा चौरी व्यवसाय संघको लोगो खुम्बु पासाङल्हामु गाउँपालिका–५ का आरोही पासाङ रिन्जी शेर्पाले गत जेठ १० गते बिहान सगरमाथाको शिखरमा फहराउन सफल भएको संस्थाका संस्थापक अध्यक्ष नुरू शेर्पाले जानकारी दिनुभएको हो ।

हिमाली क्षेत्रको गहनाको रूपमा रहेको याक तथा चौरी संरक्षण, पर्यटन प्रवर्धन र जलवायु परिवर्तनका कारण दिनप्रतिदिन हिमाल र हिमालसँग आस्था राख्ने हरेक क्षेत्रमा देखिएको समस्या समाधानको बारे सन्देश दिन संस्थाको लोगो सगरमाथाको शिखरमा ¥याएको बताउनुभयो ।

पशुपालनको परम्परमा लेकाली क्षेत्रका गोठमा पालिने चोरीको संख्या घट्दै जाँदा यसको महत्वलाई उजागर गर्न संस्थाले विविध कार्यक्रमको साथै सम्बन्धित निकायको समेत ध्यान आकर्षण गर्दै आइरहेको छ । चौरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुख्र्यौली पेशा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौरीपालन घट्दो क्रममा रहेको छ ।
चौरी, याक र हिमाललाई एक अर्काका पर्यायको रूपमा लिइन्छ भने चौरी विनाको हिमाल र हिमाल विनाको चौरी कल्पना गर्न सकिन् ।

यो पनि पढ्नुहोस् :

सोलुखुम्बुको पिकेमा चौरी महोत्सव आयोजना, यस्तो छ मुख्य आकर्षण

‘याक तथा चौरी प्रतिविम्ब’ नामक पुस्तक प्रकाशन गर्ने

सोलुखुम्बुको घ्याङखर्कमा चौरी महोत्सव सुरू