Breaking

सहकारीसम्बन्धी छानबिन समितिको कार्यादेश बनाउन कार्यदल बैठक बस्दै


काठमाडौँ – सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक दिउँसो तीन बजे कानुन मन्त्रालयमा बस्नेछ ।

गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको कांग्रेसको दाबी छ । गोर्खा मिडियामा रकम स्थानान्तरण भएका सबै सहकारीको छानबिन हुनुपर्ने कांग्रेसको माग छ ।

सूर्यदर्शन, सुप्रीम, स्वर्णलक्ष्मी, लगायतबाट गोर्खा मिडियामा रकम गएको थियो । त्यस समय लामिछाने उक्त मिडियामा प्रबन्ध निर्देशक थिए । कानुन मन्त्रालयमा शुक्रबार बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले नयाँ प्रस्ताव अघि सारेको थियो । गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा किटान नगर्ने तर उनी जोडिएका सहकारीको नाम उल्लेख गर्नुपर्ने प्रस्ताव कांग्रेसले राखेको थियो ।

कांग्रेसको उक्त प्रस्तावमा आ(आफ्नो दलमा छलफल गर्नका लागि सत्ता पक्षले समय मागेको थियो । कानुनमन्त्री गिरी संयोजक रहेको कार्यदलमा नेकपा एमालेबाट प्रमुख सचेतक महेश वर्तौला, कांग्रेसबाट सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की र रास्वपाबाट सांसद शिशिर खनाल सदस्य छन्