Breaking

चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनि


काठमाडौँ – नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो। राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ। ट्रेलर सार्वजनिक भएपछि पत्रकारहरुसँग कुरा गर्दै अभिनेता दयाहाङ राईले एउटा विकट गाउँमा राई समुदायको परिवेशभित्रको परिवारको कथालाई चित्रित गरिएको बताए।


उनले चलचित्रको कथावस्तुले आफ्नै घरको महसुस गराउने बताए। उनले आफू ८ कक्षामा अध्ययनरत हुँदा नै चलचित्र बन्ने भनेको सुने पनि अहिले आफ्नै लागि यतिका समयसम्म नबनेको हो कि भन्ने महसुस गराएको बताए।

गाउँ आएको बाटोमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बाले अभिनय रहेको छ। महेश राई र निर्देशक नविन सुब्बाले लेखेको चलचित्रको छायांकन जोस हेरम, सम्पादन क्वान पुन लिउङले र हेडी लीले संगीत दिएका छन्। चलचित्र जेठ २५ गतेबाट प्रदर्शनमा आउँदै छ।