Breaking

गगन हराएर रवि जिताउँदै देउवा, आरजुको फाइल खुल्ने डर, : देखि रविसम्मै गगनको प्रयोग


काठमाडौँ – नेपाली कांग्रेसमा शशक्त मुद्दा उठाउने तर सफल हुने समयमा नेतृत्वबाटै पटक पटक घातमा पर्ने नेता हुन् महामन्त्री गगन थापा । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेसँग राजनीति छाड्ने सर्तमै अनुसन्धानको माग अघि सारेका गगन देउवाको मत्वाकांक्षाले फेरि एकपटक धोका खाने निश्चित देखिएको छ ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथिसमेत छानविन गर्नुपर्ने माग गर्दै कांग्रेसले आफ्नो सारा शक्ति प्रयोग ग¥यो । त्यसको नेतृत्वकर्ता थिए, महामन्त्री गगन थापा । तर एमाले, माओवादी र रास्वपासँग एक्लै भिडेर मुद्दा स्थापित पनि गरे । आरोप पुुष्टि नभए राजनीति छाड्न तयार रहेकोसम्मको भिडन्त गरेका गगन अहिले आफ्नै सभापति शेरबहादुुर देउवाको सिकार बन्ने अवस्थामा पुगेका छन् ।

देउवाले सत्ताको सम्झौतामा गगनको मुद्दा तिलाञ्जली दिने स्पष्ट संकेत देखाएका छन् । अर्थात व्यक्ति केन्द्रित छानविनको मागबाट पछि हट्ने वा नहट्ने विषयमा कांग्रेसमै द्वन्द्व पर्न थालेको छ । रवि केन्द्रित छानविन गगनको बटमलाइन हो । छानविन समिति बनाउँदा कार्यदलमा गगन थापा पक्षका सहमहामन्त्री जीवन परियारलाई नै सदस्य पनि बनाइयो । तर बीचमै देउवा पक्षका ज्ञानेन्द्रबहादुर कार्कीको इन्ट्रीले गगनले आफ्नै मुद्दामा हार्ने अवस्था आएको छ । तर गगन पक्षका अभिव्यक्ति भने अहिले पनि आफ्नो अडान नछाडेको लाइनमै छन् ।

सहकारी ठगी बारेका हरेक संसदीय दल र पार्टीका बैठकमा पार्टी सभापति देउवाले गगनलाई नै अघि सारे । गगनकै नेतृत्वमा सांसदहरुलाई प्रशिक्षणसम्मै दिइयो । संकट पर्दा गगन नै अघि सरे । संसद बैठक लगत्तै गगनकै पत्रकार सम्मेलनलाई पार्टीको आधिकारिक धारणा मानियो । तर यसबाट गगन बढी हिरो हुन थालेको र यो विवादले आफ्नो सत्तारोहणसमेत पर धकेलिन सक्ने बुझेका देउवाले ती सबै गतिविधिमा आफू निकटका रमेश लेखकलाई अघि सारे । नेपाली राजनीतिमा लोकतन्त्रका लागि दरबारतिर फर्केर ढुंगा हान्ने र राजा फाल्न लागेकै कारण गिरिजाप्रसाद कोइरालाको कारबाही भोगेका गगन पछिल्लो समय देउवासँगै संसदीय दलको नेतामा भिडे । यद्यपि सफल हुन सकेनन् । पछिल्लो समय एमसीसी पारितविरुद्ध निस्किएको आन्दोलनको ज्वारभाटा उनकै – ‘सेना आए मुण्डन गरिदिनू, चारपाटा मोडर थानकोट पठाइदिनु’ भन्ने अभिव्यक्तिले मत्थर पा¥यो ।

अर्थात कांग्रेसका हरेक मुद्दा उत्कर्षमा पु¥याउन गगन नै प्रयोग हुने गरे पनि छिनोफानो आउँदा भने अर्कैले जश लिने गरेका छन् । तत्कालीन सभापति गिरिजा र शुशील कोइरालासम्मै पनि उनी सिकार बन्नुप¥यो । पछिल्लो समय सहकारी प्रकरणकै कारण गगन नेता कार्यकर्तामाझ लोकप्रिय बन्ने र आफू सक्रिय राजनीतिमा नरहे पनि इतर पक्ष हाबी हुने डर देउवामा परेपछि गगनको मुद्दा कमजोर बनाएर सौदाबाजीको राजनीतिमा अघि बढेको स्पष्ट भएको छ । आफ्नो अडानबाट पछाडि हट्न नहुुने पक्षमा गगन रहँदा संस्थापन भने भिडेर पार लाग्दैन भन्ने निष्कर्षमा पुगेको छ ।

पछिल्लो समय गृहमन्त्री लामिछानेले कांग्रेसका १० सांसदको सूची नै तयार पारेर विभिन्न काण्डमा अनुसन्धान अघि बढाउने तयारी गरेपछि देउवा झस्किएको देखिन्छ । जसमा उनकै पत्नी आरजुदेखि निकट मानिएका ज्ञानेन्द्रबहादुुर कार्की र मोहन बस्नेतसम्मको नाम छ । अहिले रविमाथि छानविनको मुद्दा निस्तेज पार्न तीनै १० जनाको सूचीमा रहेका कार्कीको दौडधूपलाई संयोग मात्रै मान्न सकिँदैन ।

रविसँग तुस साँध्दा भित्रिया जेल जाने जोखिम, गगन देउवाको सत्ता आरोहणको सारथी बन्न नसक्ने लगायत कारण आफ्नै मुद्दा गगनलाई भारी पर्ने देखिएको छ । कांग्रेसले उठाएको यो मुद्दा सहकारी पीडितका समस्या समाधानका लागि भन्दा रविलाई सत्ताच्यूत पार्न खेलिएको खेल भएको स्पष्ट हुँदा प्रचण्ड एमालेसँग मिल्दादेखि एकजुट बनेको कांग्रेस फेरिएको राजनीतिले आफ्नै मुद्दामा उलटफेर ल्याउने अवस्थामा छ । यसले राजनीति छाड्नेसम्मकै चुनौती मोलेर मुद्दा उठाएका गगन फेरि एकपटक पार्टी षड्यन्त्रै सिकार बन्ने निश्चित छ ।