Breaking

सभामुख छलफलमा, संसद् बैठकमा ढिलाइ


काठमाडौँ – सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकरसचेतकबीचको छलफल सुरु भएको छ । सभामुखले आजै यसअघि विपक्षी दलका प्रमुख सचेतकरसचेतकसँग छलफल गरेका थिए ।

“विपक्षी दलका प्रमुख सचेतकरसचेतकसँगको छलफलपछि सभामुखले अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहनुभएको छ,” सभामुखको सचिवालयले भन्यो । सभामुख र दलका सचेतकहरू छलफल गरिरहेकाले बिहान ११ बजेका निम्ति बोलाइएको संसद बैठक बस्न ढिलाइ भएको छ ।