Breaking

सत्तामा रडाको मच्चिँदा पूर्व राजा मन्दिरमा, घन्कियो नारा, पूर्व एमाले नै राजा फर्काउने अभियानमा


काठमाडौँ पछिल्लो समय पूर्वराजाको सक्रियता बढेको छ । उनी सार्वजनिक मञ्च र जनतासँग अभिनन्दन गर्दै हिँडिरहेका छन् । यसलाई उनको राजतन्त्र फर्काउने अभ्यासका रुपमा बुझिएको छ । सोमबार पनि पूर्वराजा ज्ञानेन्द्र शाह बंगलामुखी मन्दिरको दर्शनमा पुगेर नागरिक अभिनन्दन गरे ।

बेला बेलामा चर्चामा आउने कहिले काही झुल्किने पूर्वराजा ज्ञानेन्द्र शाह सोमवार करिब ४ बजेको समयमा ललितपुरको बंगलामुखी मन्दिर दर्शन गर्न पुगे । सदा हँसिलो मुद्रामा देखिने पूर्वराजा शाह यसपटक भने केही गम्भिर मुद्रामा देखिए । कयौं समर्थकहरुको भिडले घेरिएका राजाका समर्थकहरुले नारा लगाए ‘हाम्रो राजा प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ ।’ धार्मिक मुद्दालाई मुख्य एजेण्डा बनाएर राजतन्त्रका पक्षमा खुलेर वकालत गर्ने राप्रपाका सांसद दीपकबहादुर सिंहले अब राजतन्त्रको विकल्प नरहेको जिकिर गरे ।

पूर्व एमाले नेतृ गंगा चौधरी कुनै समय संघीयताको पक्षमा खुलेर वकालत गर्थिन । तर एमालेले चुनावमा टिकट नदिएपछि उनी पार्टी नै छोडेर राजावादी बनेकी छन् । राजा मन्दिरमा दर्शनमा पुग्दा जयजयकारमा उत्रिएकी उनले राजतन्त्र नै अबको अन्तिम विकल्प भन्दै सत्तावादीहरुको आलोचना गरेकी छन् ।

व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेपछि राजसंस्था अन्त्यको करिब डेढ दशकपछि पुनः राजसंस्था पुनःस्थापनाको मुद्दा बलियो बन्दै गएको छ । राजावादीहरुले व्यवस्था विरोधी गतिविधि चर्काएका छन् भने पूर्वराजा पनि पूर्वदेखि पश्चिमसम्मै पुगेर जनताहरुलाई आफ्नो सक्रियता दर्शाईरहेका छन् । राजनीतिक दलहरुका क्रियाकलापबाट जनतामा चरम असन्तुष्टि छ । यस्तो अवस्थालाई मौका बनाएर सडकमा निस्किएका पूर्वराजाले अवसर पाए श्रीपेच पहिरिने मौका खोजिरहेका छन् । तथापी यसलाई कतिपयले पूर्वराजाको दिवास्वप्नाका रुपमा अथ्र्याउने गरेका छन् ।