काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर आएको खुलासा गर्दै उक्त अफर कायमै छ कि छैन भनेर कांग्रेसलाई प्रश्न गरेका थिए ।
सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आजको संसद् बैठकमा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । । गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिकताले मिल्ने रहेछ ? भन्दै उनले प्रश्न गरे । साथै उनले ‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’ भन्दै कांग्रेस सभापतिलाई सोधे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछानेले यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिएमाआफ्नो लागि कल्याण हुने बताए । गृहमन्त्रीलामिछानेले आफू गोर्खा मिडिया प्रालिमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, आफ्नो बैठक खातामा पैसा आएको देखाउन चुनौतीसमेत दिए ।
उनले जीबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपर्न आग्रह गर्दै आफूमाथि मिडियाबाजी गरेर मिडियाको हेडलाइनका आधारमा कांग्रेसले संसद् अवरुद्ध गरेको आरोप लगाए ।
प्रतिक्रिया