Breaking

बकैयास्थित कान्तिपथबाट कार खस्यो, ३ जनाको अचेत अवस्थामा उद्धार


काठमाडौँ – ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकखण्डमा दुर्घटना भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै चौताराबाट आज बिहान ७:३० बजे ग३च ९४७५ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

कार सडकबाट अन्धाजी ५०० मिटर तल खसेको छ । कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको डीएसपी भण्डारीले बताए । उनीहरू तीनै जनाको पहिचान खुलेको छैन ।