Breaking

विरोधका लागि वेल पो घेर्ने त, यता मेरो बस्ने ठाउँमा पस्ने होइन नि : उपसभामुख


काठमाडौँ – प्रतिनिधि सभा बैठकमा बिहीबार नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबीच झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो। सांसदहरूबीच धकेलाधकेल भए पनि ठूलो दुर्घटना हुन पाएन।

कांग्रेसको रोष्टम घेराउ र प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अघि बढाउन खोजेका थिए। सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त दुई वटा पत्र पढेपछि गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए। सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेस सांसदहरू गृहमन्त्रीलाई रोष्टम जानबाट रोक्ने रणनीतिमा लागे।

सभामुखले समय दिएपछि पहिलो लहरमा बसेका गृहमन्त्री लामिछानेलाई रोष्टममा जाने बाटो दिन उपसभामुख इन्दिरा रानामगर आफू बसेको सिटबाट उठिन्। उनी सिटबाट उठेपछि उक्त ठाउँमा कांग्रेसका सा‌ंसद धनराज गुरूङ उभिए।गुरूङ उभिएपछि नेकपा एमाले दलका नेता केपी शर्मा ओलीले गुरूङलाई सत्तापक्षको कुर्सी भएतर्फ नआउन भने। गुरूङ भने त्यतिबेला नारा नै लगाइरहेका थिए।