Breaking

राष्ट्रपति पौडेलको युरोप भ्रमण तय


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । यसअघि नै तय भइसकेको युरोप भ्रमण भूकम्पका कारण स्थगित भएको थियो ।

गत कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण तय भएको थियो । मन्त्रिपरिषद्को बैठकले ती भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका कारण स्थगित भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको तयारी चलिरहे पनि समय भने तय भइसकेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा भाग लिनका लागि उनी त्यतातर्फ जान लागेको बताए ।